कास्की अदालतका श्रेस्तेदार तीस हजार घुससहित पक्राउ
काठमाडौं। कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुली घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गएराति मुद्दाका एक पक्षसँग ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा-५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो।

आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको बताए।

संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ।

शुरूमा ५० हजार मागेका उनले बार्गेनिङ गरेर  ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ।

उनी सर्वोच्च अदालतमा भर्खरै सरुवा भइसकेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्