नेमकिपाको नक्कली प्याड बनाइ चन्दा उठाउने पक्राउ <p>भक्तपुर। प्रहरीले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड र छाप बनाइ चन्दा उठाउँदै हिँडेका एक जनालाई पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटी रहेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपक गिरीले जानकारी दिए।</p> <p>उनी मध्यपुरथिमि नगरपालिका-५ राधेराधेबाट पक्राउ परेका हुन्।</p> <p>पुर्कुटीको साथबाट नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड र छाप बरामद गरिएको छ।<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्