नेकपा अध्यक्ष दाहाललाई जुत्ता प्रहार गर्ने रतन तिरूवा रिहा
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने रतन तिरूवा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उनलाई ५०० धरौटीमा रिहा गर्न आदेश गरेको थियो।

उनी धरौटी बुझाएर रिहा भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।

१८ फागुनमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दाहाललाई तिरूवाले जुत्ता प्रहार गरेका थिए।

प्रहरीले उनलाई हिरासतमा राखेर अभद्र व्यवहारमा मुद्दा चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्