एसईई स्थगित हुँदा पनि त्रिभुवन विश्वविद्यालय अलमलमै
<p>काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले एसईई परीक्षासमेत स्थगित गर्ने घोषणा गरिसके पनि त्रिभुवन विश्वविद्यालयका परीक्षाबारे भने अझै टुंगो लागिसकेको छैन।</p>
<p>त्रिविका उपकुलपति डा. धर्मकान्त बास्तोलाले परीक्षाका सम्बन्धमा अहिलेसम्म के गर्ने भन्ने टुंगोमा पुगिनसकेको बताए ।</p>
<p>“भोलि दिउँसो ३ बजे शिक्षा मन्त्रीले बोलाउनुभएको छ। त्यही बैठकबाट टुंगो लाग्छ”, बास्तोलाले <em>देखापढी</em>सँग भने, “सरकारले अरू परीक्षा राेक्ने निर्णय गरे पनि त्रिवि स्वायत्त निकाय हो। यसले आफ्नो निर्णय आफैं गर्छ। त्यसैले परीक्षा विषयमा भाेलि टुंगो लगाउछौं।”</p>
प्रतिक्रिया दिनुहोस्
