काठमाडौं। सर्वोच्च अदालतले भोलि, ६ चैतमा सर्वोच्च अदालतसँगै देशभरका जिल्ला अदालत, उच्च अदालत र अन्य अदालत एवम् न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको असामयिक निधनमा शोक मनाउने निर्णय गरिएपछि एकदिन अदालत बन्द हुने भएका हुन्।
आज बसेको सर्वाेच्च अदालतकाे आकस्मिक पूर्ण बैठकले अदालत बन्द गर्ने निर्णय गरेको मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आज बिहान निधन भएको हो। सर्वोच्चले उनको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।
३० चैत १९८९ मा जन्मिएका श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको हो। १६ पुस २०१६ मा न्याय सेवामा प्रवेश गरेका श्रेष्ठ शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २४ भदौ २०४८ माा सर्वाेच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।
१ असोज २०५४ मा सर्वाेच्चको प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले २९ चैत २०५४ मा उमेर हदका कारण सेवा निवृत्त भएका थिए।
यस्तै ७ चैतमा पेशी चढेका मुद्दाहरूको पनि स्थगन हुने सर्वोच्च अदालतले जनाएको छ। कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्ने उपायबारे छलफल गर्न सर्वोच्च अदालतको बैठक बस्ने कार्यतालिका छ। बैठकमा लाग्न सक्ने समयलाई मध्यनजर गर्दै उक्त दिनका सुनुवाइ स्थगन हुने जनाएको हो।
" /> काठमाडौं। सर्वोच्च अदालतले भोलि, ६ चैतमा सर्वोच्च अदालतसँगै देशभरका जिल्ला अदालत, उच्च अदालत र अन्य अदालत एवम् न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको छ।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको असामयिक निधनमा शोक मनाउने निर्णय गरिएपछि एकदिन अदालत बन्द हुने भएका हुन्।

">