विश्वविद्यालयमा तालिका प्रकाशन भएका कुनै पनि परीक्षा स्थगित नहुने
<p>काठमाडौं। सरकारले चैत मसान्तसम्मका लागि विद्यालय र विश्वविद्यालय बन्द गर्ने निर्णय गरेतापनि त्रिभुवन विश्वविद्यालयका तालिका प्रकाशित भइसकेका परीक्षाहरू स्थगित नहुने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विश्वविद्यालयका घोषित परीक्षाहरू नियमित नै हुने जनाएका छन्। </p>
<p>“आवश्यक परे परीक्षा स्थगित हुने निर्णय हुनसक्छ हालका लागि भने ती नियमित नै हुनेछन्”, मन्त्री पोखरेलले भने।</p>
<p>उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को आज बसेको बैठकले विद्यालय र विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको थियो। </p>
प्रतिक्रिया दिनुहोस्
