करीब १० लाख नगदसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं। हेटौंडाबाट नौ लाख ९९ हजार भारतीय रूपैयाँसहित दुईजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा भारत बैरातपुर जिल्लाका ३१ वर्षीय विजय चौधरी र भारत नहेटीका ३८ वर्षीय शंकर सरदार छन्।

आज बिहान ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो।

वीरगंजतर्फ जाँदै गरेको डब्लुबी २३ इ २३३३ नम्बरको भारतीय जिप जाँच गर्ने क्रममा सो रकम भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको रकम र पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्