साढे चार किलो लागु औषधसहित एकजना पक्राउ <p>वीरगंज। पर्सामा गाँजा र चरेससहित एक व्यक्ति पक्राउ परेका छन्।</p> <p>रंगपुरटाडी प्रहरी चौकीको टोलीले पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ देउरवानाका आलम मियाँलाई पक्राउ गरेको हो।</p> <p>मियाँको साथबाट एक किलो ५०० ग्राम गाँजा, एक किलो चरेश र एक किलो ५०० ग्राम चरेशको धुलो बरामद गरिएको छ।</p> <p>मियाँबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्