घुमुवा प्रहरी भन्दै रकम असुल्ने युवक पक्राउ
<p>जलेश्‍वर। आफूलाई नेपाल प्रहरीको घुमुवा बताउँदै व्यापारीलाई धम्क्याएको र रकम असुलेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढीका २८ वर्षीय जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। </p>
<p>बुढाथोकीका अनुसार, मण्डलले जिल्लाको पूर्वी दक्षिणी सीमा क्षेत्रमा पर्ने मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी भएको भन्दै धम्क्याउने, तर्साउने र उनीहरुसँग रकमसमेत असुल्ने कार्य गर्दै आएका थिए।</p>
<p>पीडितहरुको सूचनाका आधारमा व्यापारीसँग रकम असुली गरिरहेकै बेला मण्डललाई पक्राउ गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
