अछाममा भीरबाट लडेर वडा सदस्यको मृत्यु
<p>कैलाली। अछाममा भीरबाट लडेर एक जनप्रतिनिधिको मृत्यु भएको छ।</p>
<p>रामारोशन गाउँपालिका-६ भटाकाटियाका वडा सदस्य मानसिंह साउदको आज बिहान भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी दीपक भारतीले जानकारी दिए।</p>
<p>प्रहरी टोली घटनास्थलतर्फ पठाएर अनुसन्धान शुरू गरिएको भारतीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
