छ किलोभन्दा बढी चरेससहित भारतीय नागरिक पक्राउ
काठमाडौं। छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई हिजो, ५ चैत साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा उनलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका अन्सारीलाई आज जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको कुँवरले बताए। रासस

प्रतिक्रिया दिनुहोस्