एसईई परीक्षा : सुदूरपश्‍चिममा ५४ हजार ५३७ जना विद्यार्थी सहभागी हुँदै
कैलाली। भोलि, ६ चैतदेखि शुरू हुने यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ५४ हजार ५३७ जना विद्यार्थीहरू सहभागी हुँदै छन्।
६-१७ चैतमा निर्धारण गरीएको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका गरी यी परीक्षार्थी सहभागी हुने भएका शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका सहभागी परीक्षार्थीमध्ये २६ हजार १४२ छात्र र २८ हजार ३९५ छात्रा छन्।
तीमध्ये नियमिततर्फ ५० हजार ६४८, ग्रेडवृद्धितर्फ दुई हजार ८६२ र प्राविधिकतर्फ एक हजार २७ जना विद्यार्थीले परीक्षा दिने भएका हुन्।
निर्देशनालयका शाखा अधिकृत शंकरदत्त जोशीले कैलाली, कंचनपुर, डोटी, डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुराका जिल्लामा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए।
उनका अनुसार यसवर्ष सबैभन्दा बढी कैलालीबाट १६ हजार ५६९ र सबैभन्दा कम डडेल्धुराबाट दुई हजार चारजना परीक्षार्थी सामेल हुँदैछन्।
प्रदेशभरी २११ परीक्षा केन्द्रहरु निर्धारण गरीएको छ। व्यवस्थापनको लागि सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्षको नियुक्ति गरीसकिएको जोशीले जानकारी दिए।
व्यवस्थापन, संचालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका एसईई परीक्षाको सम्पूर्ण काम प्रदेश सरकारले नै गरेको छ।
जिल्ला अनुसार सहभागी हुने परीक्षार्थी:-
१. कैलाली
नियमिततर्फ सात हजार ४६६ छात्र र छ हजार ४०९ छात्रा गरी कूल १५ हजार ९०५ जना छन्।
ग्रेडवृद्धितर्फ १३९ छात्र र २७३ छात्रा गरी कूल ४१२ जना सहभागी हुनेछन्। त्यस्तै, प्राविधिक धारतर्फ १६९ छात्र र ८३ छात्रा गरी २५२ जना छन्।
२. कंचनपुर
नियमिततर्फ चार हजार ४१३ छात्र र पाँच हजार १४७ छात्रा गरी कूल ९ हजार ५६० जना।
ग्रेडवृद्धितर्फ १८० छात्र र ३२८ छात्रा गरी कूल ५०८ जना।
प्राविधिक धारतर्फ ९३ छात्र र ६७ छात्रा गरी १६० जना रहेका छन्।
३.डोटी
नियमिततर्फ एक हजार ५६४ छात्र र एक हजार ४४० छात्रा गरी तीन हजार ४ जना।
ग्रेडवृद्धितर्फ ६० छात्र र ३१ छात्रा गरी ९१ जना।
प्राविधिक धारतर्फ ५० छात्र र ३६ छात्रा गरी ८६ जना।
४. डडेल्धुरा
नियमिततर्फ कूल दुई हजार ८३ मध्ये  ९८६ छात्र र एक हजार ९७ छात्रा।
ग्रेडवृद्धितर्फ कूल १९८ जनामा ६९ छात्र र १२९ छात्रा।
प्राविधिक धारतर्फ कूल ११९ मध्ये ७८ छात्र र ४१ छात्रा।
५. अछाम
नियमिततर्फ दुई हजार ४५ छात्र र दुई हजार ३०७ छात्रासमेत कूल चार हजार ३५२ जना।
ग्रेडवृद्धितर्फ १२५ छात्र र १४५ छात्रा गरी कूल २७० जना।
प्राविधिक धारतर्फ ८१ छात्र र २८ छात्रा गरी १०९ जना।
६. बैतडी
नियमिततर्फ दुई हजार ५५३ छात्र र दुई हजार ६४५ छात्रा गरी कूल पाँच हजार १९८ जना।
ग्रेडवृद्धितर्फ १७७ छात्र र १२२ छात्रा गरी कूल २९९ जना।
प्राविधिक धारतर्फ ८९ छात्र र ३२ छात्रा गरी १२१ जना।
७. दार्चुला
नियमिततर्फ एक हजार ४३६ छात्र र एक हजार ५७६ छात्रा गरी कूल तीन हजार १२ जना।
ग्रेडवृद्धितर्फ १८५ छात्र र २६० छात्रा गरी कूल ४४५ जना।
प्राविधिक धारतर्फ ३६ छात्र र १२ छात्रा गरी ४८ जना।
८. बझाङ
नियमिततर्फ दुई हजार ३८७ छात्र र दुई हजार ३१५ छात्रा गरी कूल चार हजार ७०२ जना।
ग्रेडवृद्धितर्फ ९८ छात्र र ९६ छात्रा गरी कूल १९४ जना।
प्राविधिक धारतर्फ ४५ छात्र र ४८ छात्रा गरी ९३ जना।
९. बाजुरा
नियमिततर्फ एक हजार ४०७ छात्र र एक हजार ४२५ छात्रा गरी कूल दुई हजार ८३२ जना। ्
ग्रेडवृद्धितर्फ ९८ छात्र र ९६ छात्रा गरी कूल १९४ जना।
प्राविधिक धारतर्फ १९३ छात्र र २६० छात्रा गरी ४५३ जना।
प्रतिक्रिया दिनुहोस्