काठमाडौं। २० फागुन २०७६ मा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट लागूऔषधसहित चार जना व्यक्ति पक्राउ गर्यो।
उनीहरू पक्राउ परेपछि ब्यूरोको टोलीले लागूऔषधका मुख्य कारोबारीसम्म पुग्ने विशेष टोली बनायो। पक्राउ परेका चार जनाकै बयानका आधारमा २२ फागुनमा कोटेश्वरबाट अर्का व्यक्ति पक्राउ परे।
२८ फागुनमा प्रहरीले कोटेश्वरबाटै थप दुई जना समात्यो। विभिन्न मितिमा पक्राउ परेका यी मानिसहरूकै बयानका आधारमा प्रहरीले २ चैतमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ घर भएकी ५२ वर्षीया मैयाँदेवी श्रेष्ठ र १५ की २४ वर्षीया ज्योती बराललाई कलंकीबाट पक्राउ गरियो।
पक्राउ परेकी श्रेष्ठको बयानपछि प्रहरीले उनलाई लागूऔषध सप्लाइ गर्ने भारतीय नागरिकसम्म पुग्ने योजना अनुरूप ती नागरिकलाई वीरगञ्ज बोलाउन लगायो।
भारतको विहार राज्य मोतिहारीका २४ वर्षीय विशाल कुमार र सोही ठाउँ बस्ने २४ वर्षकै रामविकास कुमार रामलाई पक्राउ गर्यो। पक्राउ परेका महिलाहरूले लागूऔषधको माग गरेपछि ती दुवैले लागूऔषध बोकेर वीरगञ्ज आए। उनीहरूले साथमा ४०० एम्पुल बुप्रेनोर्फिन, ४०० एम्पुल डाईजेपाम र ४०० एम्पुल फेनारगन बरामद गर्यो। उनीहरूसँगैका कारोबारी काभ्रेको धुलिखेल नगरपालिका–६ का ६० वर्षीय उद्धव आचार्य पनि पक्राउ परे।
लागूऔषधसहित पक्राउ परेका दुई जना भारतीय नागरिक नेपालतर्फ लागूऔषधको कारोबार गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ। उनीहरूले नै वीरगञ्ज नाका भएर नेपालतर्फ लागूऔषधको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।
“हाम्रो प्रारम्भिक अनुसन्धानबाट यो पटक मुख्य कारोबार गर्ने व्यक्तिहरू पक्राउ गर्न सफल भएका छौं”, ब्यूरोका निमित्त प्रमुख, एसएसपी वसन्तकुमार लामाले भने, “यसबारे हामीले थप अनुसन्धान गर्दैछौँ। बाँकी कुरा विस्तारै खुल्नेछ।”
ब्यूरोले पक्राउ परेका दुई जना भारतीय र ६० वर्षीय उद्धव आचार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साकै हिरासत कक्षमा राखेर कानूनी कारबाही अघि बढाइएको छ।
प्रहरीले पक्राउ परेका भारतीय नागरिकलाई कलंकीबाट पक्राउ परेकी ५२ वर्षीया महिला मैयाँदेवी श्रेष्ठको मुद्दामा पनि प्रतिवादी बनाउने जनाएको छ। श्रेष्ठ भारतीय नागरिक विशाल कुमारको नेपालस्थित एजेन्ट रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। अरू पक्राउ परेका ९ जना भने लागूऔषध ओसार पसारको काममा सक्रिय रहेका मानिसहरू हुन्।
श्रेष्ठ लामो समयदेखि लागूऔषधको कारोबारमा सक्रिय रहँदै आएको खुलेको छ। चार वर्षअघि लागूऔषध मुद्दामा उनले २ महीना कैद भुक्तानी गरिसकेकोसमेत खुलेको छ।
“उनका बारेमा हामीले थप अनुसन्धान गरिरहेका छौं”, एसएसपी लामाले भने, “उनले नै अन्य मानिसलाईसमेत ओसार पसार गर्ने काममा लगाएको देखिन्छ।” प्रहरीका अनुसार अहिले नेपालको वीरगञ्ज, सुनौली र काँकड्भिट्टा नाकाबाट मुख्य रूपमा नेपालतर्फ नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थको कारोबार हुने गरेको छ।
अन्य नाकाहरूबाट कम मात्रै भित्रिने गरेको छ। नेपालमा भित्रिने लागूऔषध उपत्यकासहितका क्षेत्रमा खपत हुने गरेको छ। तर, प्रहरीले अहिलेसम्म नेपालमा यसका प्रयोगकर्ता कति छन् भन्ने यकीन तथ्यांक नभएको जनाएको छ।
“नेपालमा लागूऔषध प्रयोगकर्ता कति छन् भन्ने सर्भे भइसकेको छ”, उनले भने, “अब केही समयमै यसको प्रतिवेदन सार्वजनिक हुन्छ।”
ब्यूरोले २० फागनु देखि १ चैतसम्म आठ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेट बरामद गरेको छ। यो क्रममा ९ जना पुरूष र तीन जना महिला पक्राउ परेका छन्। उनीहरूको साथबाट लागूऔषध कारोबारको नगद एकलाख ९४ हजार ५०० रूपैयाँसमेत बरामद गरेको छ।
पक्राउ पर्ने अन्यमा नुवाकोट सूर्यगढी गाउँपालिका–५ का २५ वर्षीय सरोज पौडेल, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ का २२ वर्षीया उर्मिला तामाङ, धादिङ निलकण्ठ नगरपालिका–१ का २९ वर्षीय राजकुमार गुरुङ, महोत्तरी मटिहानी नगरपालिका–८ का ३८ वर्षीय ईमतियाज नदाफ, बाराको कलैया उपमहानगरपालिका–७ का ३५ वर्षीय पचुदास गिरी, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ का रवि भन्ने राजिव तामाङ र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–७ का सरोज राई रहेका छन्।
उनीहरूलाई हिरासतमा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार तीन वर्षको अवधिमा दशलाख ५ हजार ६६५ नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ बरामद भएको छ।
" /> काठमाडौं। २० फागुन २०७६ मा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट लागूऔषधसहित चार जना व्यक्ति पक्राउ गर्यो।उनीहरू पक्राउ परेपछि ब्यूरोको टोलीले लागूऔषधका मुख्य कारोबारीसम्म पुग्ने विशेष टोली बनायो। पक्राउ परेका चार जनाकै बयानका आधारमा २२ फागुनमा कोटेश्वरबाट अर्का व्यक्ति पक्राउ परे।

">