तीन लाख भारतीय रूपैयाँसहित धनुषामा एकजना पक्राउ <p>धनुषा। धनुषामा अवैध तीन लाख भारतीय रूपैयाँसहित आज एकजना पक्राउ परेका छन्।</p> <p>जनकपुरस्थित नागरिक उड्डयन कार्यालयमा खटिएका विमान सुरक्षा गार्डकाे टाेलीले भारतको मज्जझपरपुर जिल्ला थाना काँटी ग्रामपञ्चायत काँटी-९ का २० वर्षीय शिवमकुमार गुप्तालाई भारतीय रूपैयाँसहित पक्राउ गरेकाे हाे।</p> <p>श्रीएअरलाइन्सबाट काठमाडौं जान लागेका गुप्ताकाे झाेला जाँच गर्दा पत्रिकामा बेरेर राखिएकाे अवस्थामा दुई हजारकाे भारतीय नाेट १५० थान फेला परेकाे हाे।</p> <p>गुप्ता र बरामद् गकम आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्