काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले १२ चैतसम्मका लागि सम्पूर्ण फुटबल गतिबिधि बन्द गर्ने निर्णय गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनअनुसार सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको एन्फाले जनाएको छ।
राखेपले एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधिहरू बन्द गर्ने र त्यस पश्चात परिस्थिति हेरेर आवश्यक अर्को निर्णय गर्ने भएको छ। जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग, एन्फाले आयोजना गर्ने गोष्ठी, सभा, सेमिनार तथा अन्य फुटबल प्रतियोगिताहरू सबै स्थगित भएको छ।
त्यस्तै अन्य फुटबल कार्यक्रम एवं एन्फा टेक्निकल सेन्टर धरान, बुटवललगायत सातदोबाटोका एकेडेमीहरू तथा एन्फा सचिवालय समेत १२ चैतसम्मका लागि बन्द हुने एन्फाले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ।
एन्फाले यसअघि काठमाडौं तथा मोफसलमा शुरू नभएका प्रतियोगिता नगर्न भनेको थियो। यद्दपी ‘बी’ डिभिजन लिग भने दर्शकको धेरै जमघट नहुने भन्दै संचालन गर्दै आएको थियो। ‘बी’ डिभिजन लिगमा आज छैटौं चरणका खेल शुरू भएका छन्। एन्फामा आज दुई खेल सम्पन्न भए।
एन्फाले १६ चैतका लागि तय गरेको एन्फा कंग्रेससमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।