कैलाली। करेन्ट लागेर कैलालीमा एक व्यक्तिकाे मृत्यु भएकाे छ।
गोदावरी नगरपालिका-१, चैतनपुरमा निर्माण भइरहेको पुलको काम हेर्न पुगेका धनगढी उपमहानगरपालिका-४ का २७ वर्षीय घनश्याम कुँवरको करेन्ट लागेर मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उक्त पुलको काम मृतकका दाजुको हाे। खोलामा विद्युतीय तारबाट करेन्ट प्रवाह हुँदा कुँवरलाई करेन्ट लागेको थियो।
आज दिउँसो करेन्ट लागेर घाइते भएका कुँवरलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियाे।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
" /> कैलाली। करेन्ट लागेर कैलालीमा एक व्यक्तिकाे मृत्यु भएकाे छ।गोदावरी नगरपालिका-१, चैतनपुरमा निर्माण भइरहेको पुलको काम हेर्न पुगेका धनगढी उपमहानगरपालिका-४ का २७ वर्षीय घनश्याम कुँवरको करेन्ट लागेर मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

">