काठमाडौं। अमेरिकी आइडलमा नेपाली गायक दीवेश पोखरेलले दोस्रो प्रस्तुति दिएका छन्।
पहिलो प्रस्तुतिमै चर्चा बटुलेका दीवेशले दोस्रो प्रस्तुतिमा जज र उपस्थित दर्शकको मन जितेका छन्।
अमेरिकन आइडलले युट्युब च्यानलमा राखेको भिडिओमा उनले आफू सगरमाथाको देश नेपालबाट आएको बताएका छन्। आफ्नै प्रतिस्पर्धीसँग कुरा गर्दै उनले नेपालको परिचय दिएका छन्।
नमस्ते भनेर गीतार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ गीत गाए। उनको प्रस्तुतिमा जजहरूसँगै उपस्थित दर्शक पनि निकै रमाएका थिए।
प्रस्तुति पूरा गरेपछि सबैले ‘मोर मोर’ भन्दै उनलाई केहीबेर गाउन लगाएका थिए। स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरूको मन जित्न सफल भएको बताएका थिए।
दीवेशको प्रस्तुतिलाई जजहरूले विश्वचर्चित गायक बब मार्लीसँग तुलना गरेका थिए। उनको प्रस्तुतिले मार्लीको याद दिलाएको भन्दै प्रशंसा गरेका थिए।
२१ वर्षीय दीवेशले यसअघि अडिसन राउण्डमै निर्णायकको मन जितेका थिए। निर्णायक लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ को संज्ञा दिएका थिए। त्यस्तै अर्का निर्णायक गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका थिए। जज केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिएकी थिइन्।
" /> काठमाडौं। अमेरिकी आइडलमा नेपाली गायक दीवेश पोखरेलले दोस्रो प्रस्तुति दिएका छन्।पहिलो प्रस्तुतिमै चर्चा बटुलेका दीवेशले दोस्रो प्रस्तुतिमा जज र उपस्थित दर्शकको मन जितेका छन्।

">