सर्पको टोकाइबाट १ जनाको मृत्यु, १ घाइते
दाङ। सर्पले डसेर दाङमा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको डुमिनी नामक सर्पले डस्दा मृत्यु भएको हो।

२३ असोज बेलुकी चौधरी मसुरो छर्न खेत गएका थिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै दाङको शान्तिनगर गाउँपालिका-२ बाघमारेका ६० वर्षीय रामबहादुर रावतको खुट्टामा सर्पले डसेपछि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्