काठमाडौं। प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २० फागनु यता काठमाडौंका विभिन्न स्थान र वीरगञ्जबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट प्रहरीले नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ आठ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेट बरामद गरेको छ।
नुवाकोट सूर्यगढी गाउँपालिका–५ का २५ वर्षीय सरोज पौडेल, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ का २२ वर्षीया उर्मिला तामाङ, धादिङ निलकण्ठ नगरपालिका–१ का २९ वर्षीय राजकुमार गुरुङ, महोत्तरी मटिहानी नगरपालिका–८ का ३८ वर्षीय ईमतियाज नदाफ २० फागुनमा काठमाडौंको बालाजुबाट पक्राउ परेका ब्यूरोका निमित्त प्रमुख, एसएसपी वसन्तकुमार लामाले बताए।
प्रहरीले उनीहरूको साथबाट बुप्रेनोर्फिन ३९६ एम्पुल, डाईजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुल बरामद गरेको छ।
उनीहरूको बयानका आधारमा प्रहरीले २२ फागुनमा काठमाडौंको बल्खुबाट बाराको कलैया उपमहानगरपालिका–७ का ३५ वर्षीय पचुदास गिरीलाई बुप्रेनोर्फिन ३००, डाईजेपाम ३०० र फेनारगन ३०० एम्पुलसहित पक्राउ गरेको थियो।
२८ फागुनमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बाट बुप्रेनोर्फिन ६६०, डाईजेपाम ५९१, फेनारगन ६१५ एम्पुल तथा नाईट्राभेट ५४० ट्याब्लेटसहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ का रवि भन्ने राजिव तामाङ र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–७ का सरोज राईलाई पक्राउ गरिएको एसएसपी लामाले बताए।
काठमाडौं गोकर्णेश्वर नगरपालिका–८, बेसीगाउँ डेरा गरी बस्ने उनीहरूको साथबाट लागूऔषध कारोबारको एक लाख ९४ हजार ५०० रूपैयाँ पनि प्रहरीले बरामद गरेको छ।
यसैगरी, १ चैतमा काठमाडौंको कलंलीबाट दुई महिला पक्राउ परेका थिए। उनीहरूको साथबाट बुप्रेनोर्फिन एक हजार, डाईजेपाम एक हजार र फेनारगन एक हजार एम्पुल बरामद गरिएको थियो।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महागरपालिका–१३ की ५२ वर्षीया मैयाँदेवी श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–१५ कि २४ वर्षीया ज्योती बराल रहेका छन्।
उनीहरूकै सूचनाको आधारमा प्रहरीले सोही दिन वीरगञ्जबाट भारतीय नागरिक २४ वर्षीय विशाल कुमार र राम विकास कुमारलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट बुप्रेनोर्फिन ४००, डाईजेपाम ४०० र फेनारगन ४०० एम्पुल बरामद ब्युरोले जनाएको छ। कारोबारमा संलग्न काभ्रेको धुलिखेल नगरपालिका–६ का ६० वर्षीय उद्धब आयार्यलाई समेत पक्राउ गरिएको एसएसपी लामाले बताए।
" /> काठमाडौं। प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २० फागनु यता काठमाडौंका विभिन्न स्थान र वीरगञ्जबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट प्रहरीले नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ आठ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेट बरामद गरेको छ।

">