कैलाली। श्रीमानले लाठी प्रहार गर्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ क गाउँका ६३ वर्षीय सफली बयाडीले आफ्नै श्रीमती ६० वर्षीया खन्जरी बयाडीलाई लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो।
मदिरा सेवन गरेका सफलीले २ चैत राति टाउकोमा लाठी प्रहार गर्दा खन्जरी घाइते भएकी थिइन्। श्रीमानको कुटाइबाट घाइते भएकी खन्जरीलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको थियो।
नेपालगञ्जमा समेत उपचार सम्भव नभएपछि ३ चैत राति घर पुर्याए लगतै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए।
उनले घटनाको अनुसन्धानका लागि श्रीमानलाई नियन्त्रणमा लिइएको बताए। मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।
" /> कैलाली। श्रीमानले लाठी प्रहार गर्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।कञ्चनपुरको पुनर्वास नगरपालिका–८ क गाउँका ६३ वर्षीय सफली बयाडीले आफ्नै श्रीमती ६० वर्षीया खन्जरी बयाडीलाई लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो।

">