कोरोना त्रास: दक्षिण अफ्रिकामा फुटबल र क्रिकेट बन्द
काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै दक्षिण अफ्रिकाले फुटबल र क्रिकेटका सबै गतिविधि बन्द गरेको छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोना भाइरस संक्रमणलाई राष्ट्रिय विपत्ति घोषणा गर्दै फुटबल र क्रिकेट संघलाई आफ्नो सम्पूर्ण गतिविधि रोक्न निर्देशन दिएका थिए।

फुटबलमा १०० वा त्योभन्दा धेरै मानिसलाई एक ठाँउमा जम्मा हुन रोक लागाइएको छ भने सम्पूर्ण क्रिकेट गतिविधि ६० दिनका लागि बन्द गरिएको छ।

‘‘विश्वमा केही फुटबल अधिकारीहरूले खाली रंगशालामा खेलाउने उपाय अपनाएका छन्। तर, भाइरस संक्रमणलाई रोक्नका लागि यो उपयुक्त उपाय हुन सक्दैन। युरोपमा पनि बन्द रंगशालाभित्र खेलेर प्रयोग गरिएको थियो। त्यसो गर्दा पनि केहीमा पोजेटिभ देखिएको छ। त्यसैले हामी त्यसमा विश्वास गर्दैनौं,’’ दक्षिण अफ्रिका फुटबल संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) थमसाना थे मोकोएनाले भने।

दक्षिण क्रिकेट संघका कार्यवाहक सिइओ ज्याक फाउले राष्ट्रपति र मन्त्रिपरिषदको घोषणालाई गम्भिरताका साथ लिएको बताएका छन्।

उनले भनेका छन्, ‘‘भाइरसको प्रभाव न्युनीकरण गर्नका लागि हामी पूर्ण सतर्कता अपनाउनेछौं। हाम्रा सबै सदस्यहरू र सम्बद्ध कम्पनीहरूलाई कुनै पनि क्रिकेटसँग सम्बन्धित सम्मेलन तथा अन्य गतिविधि गर्न वा भाग लिनमा रोक लगाएका छौं।’’

मोरोक्को र घानापछि कोरोना संक्रमणका कारण सम्पूर्ण खेलकुद गतिविधि स्थगन गर्ने दक्षिण अफ्रिका तेस्रो अफ्रिकी मुलुक हो।

प्रतिक्रिया दिनुहोस्