ट्रकको ठक्करबाट एक महिलाको मृत्यु <p>चितवन। भरतपुर महानगरपालिका-७ क्यान्सर गेट अगाडि ट्रकले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। &nbsp;&nbsp; &nbsp;</p> <p>भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना. ७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका-७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो।</p> <p>ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।</p> <p>ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्