धरहराको १०औं तला ढलान हुँदै

काठमाडौं। चार वर्ष अघिको भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण अन्तर्गत १०औँ तला ढलानको तयारी थालिएको छ।

धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका अनुसार यसै साता धरहराको १०औं तलाको ढलान गरिनेछ।

१२ बैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त नौ तले धरहरा पुनर्निर्माण गर्ने क्रममा अहिले सुन्धारामा २२ तलाको नयाँ धरहरा बनिरहेको छ।

नयाँ धरहरा निर्माणमा कूल तीन अर्ब आठ करोड खर्च हुनेछ।

२० असोज २०७५ बाट पुनर्निर्माण शुरू गरिएको धरहरा २० असोज २०७७ सम्ममा निर्माण सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लक्ष्य छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूर्वनिर्धारित समयमा धरहरा पुनर्निर्माण कार्य सकिने जानकारी दिए।

नयाँ धरहरा निर्माणको लागि हरेक पन्ध्र/पन्ध्र दिनमा एक/एक तला ढलानो लक्ष्यका साथ काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्