टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि पनौती तनावग्रस्त, पाँचजना प्रहरी घाइते

बनेपा। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा हिजो, ३ फागुन अपरान्ह टिपरको ठक्करबाट पैदल हिँडिरहेका आमाछोरीको मृत्यु भएको छ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा‍. ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका-१ बस्ने २६ वर्षीया जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात आक्रोशित भीडले ढुंगामुढासहित प्रदर्शन गरेपछि सो क्षेत्र तनावग्रस्त भयो।

भीडलाई नियन्त्रण गर्न दुई राउण्ड हवाई फायर र पाँच राउण्ड टियरग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

सो क्रममा क्रममा पाँच जना प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये प्रहरी हवल्दार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्