ब्राउनसुगरसहित कैलालीमा एकजना पक्राउ <p>कैलाली। प्रहरीले धनगढीबाट लागुऔषध ब्राउनसुगरसहित एकजनालाई&nbsp; पक्राउ गरेको छ।</p> <p>धनगढी उपमहानगरपालिका-१३, झलारीका लखनसिंह रानालाई आज ३३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्&zwj;नेतले जानकारी दिए।</p> <p>पक्राउ परेका रानामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्