डिल्लीबजार मालपोतका तत्कालीन शाखा अधिकृत पौडेल पुर्पक्षका लागि थुनामा

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

पाैडेललाई १५ दिनभित्र अदालमा उपस्थित हुन म्याद जारी भएपछि उनी आज अदालतमा बयान दिन उपस्थित भएका थिए। आजै भएको थुनछेक बहसपछि पाैडेललाई थुनामा पठाउन आदेश दिएकाे विशेष अदालतका सूचना अधिकारी इन्द्रबहादुर खड्काले जानकारी दिए।

अदालतले म्याद जारी गरेका ७४ जनामध्ये पाैडेल अदालतमा उपस्थित हुने पहिलाे व्यक्ति हुन्।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित १७५ जनाविरुद्द २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ३२ करोड १९ लाख २० हजार रूपैयाँ बिगो माग दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्