काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरू गरेको छ।
ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिटी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइन्छ।
सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन्। प्रहरीले आवश्यकताअनुसार कानून कार्यान्वयनका लागि कारबाही गर्नेछन्।
“ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूआत गरका हौं”, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने, “नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।” यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ।
यसैबीच, महाशाखाले कानून कार्यान्वयनको कामलाई भने कडाइका साथ कार्यान्वयन गरिरहेको छ। “गल्ती रियलाइज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान शुरू गरेका हौँ,” महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, “यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एकआपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व-अनुशासनमा सवारीसाधन चलाउन मद्दत पुग्छ।”
" /> काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरू गरेको छ।ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिटी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाइन्छ।

">