अब देशभरका सामुदायिक विद्यालयमा निशुल्क स्यानिटरी प्याड
<p>काठमाडौं । सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । आर्थिक बर्ष २०७६।०७७ को नीति अथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । </p>
<p>छात्राहरुका लागि आवश्यक पर्ने प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसार हुनेछ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ । </p>
प्रतिक्रिया दिनुहोस्
