साढे तीन किलो गाँजासहित एकजना पक्राउ <p>काठमाडाैं। चन्द्रागिरि नगरपालिका-२, नागढुङ्गाबाट तीन किलो ८९५ ग्राम लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>धादिङ गजुरी गाउँपालिका-४, का ३२ वर्षीय जीवन प्रजालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।</p> <p>नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ज २७४ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा टयाक्सीमा सवार प्रजालाई गाँजासहित पक्राउ गरेकाे महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्