चिनियाँ राष्ट्रपतिका लागि आयाेजित रात्रिभाेजमा सहभागी हुनेहरूलाई परराष्ट्र मन्त्रालयले पठाएकाे निमन्त्रणा।​​​​​​
परराष्ट्र मन्त्रालयका अधिकारीहरू चिनियाँ राष्ट्रपतिलाई दिइने रात्रिभोजको मेन्यू एकदमै गोप्य राखिएको बताउँछन् । “मेन्यूमा के राख्ने भन्नेबारे चिनियाँ अधिकारीहरूले निकै चासो देखाएका छन्, हामीले अझै टुङ्ग्याउन सकेका छैनौं”, मन्त्रालयका एक अधिकारीले भने ।
चिनियाँ राष्ट्रपति सी २५ असोज अपरान्ह करीब ५ बजे काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।
चिनियाँ राष्ट्रपति सबभन्दा पहिले राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि शीतलनिवास जानेछन् ।
चिनियाँ राष्ट्रपतिका लागि २५ असोज साँझ नै उनी बस्ने सोल्टी होटलमा राष्ट्रपति भण्डारीले रात्रिभोज आयोजना गर्नेछिन् ।
२६ असोजमा सोल्टी होटलमै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्धिपक्षीय वार्ता हुनेछ । त्यसक्रममा द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने कार्यक्रमसमेत तय भएको छ ।
राष्ट्रपति सीले सोल्टी होटलमै अन्य राजनीतिक भेटघाट समेत गर्नेछन् । राष्ट्रपति सी २६ असोज दिउँसो बेइजिङ प्रस्थान गर्ने छन् ।
"> परराष्ट्रमा छलफल: चिनियाँ राष्ट्रपतिकाे रात्रिभोजमा साँधेको भटमास राख्ने कि नराख्ने !: Dekhapadhi
परराष्ट्रमा छलफल: चिनियाँ राष्ट्रपतिकाे रात्रिभोजमा साँधेको भटमास राख्ने कि नराख्ने !
काठमाडौं। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय आज दिनभर निकै व्यस्त थियो। दुई दिनपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण तयारीका लागि मन्त्रीदेखि कर्मचारीसम्म चटारोमा थिए।
त्यही चटारोकै बीच देखापढी संवाददाता त्यहाँ पुग्दा अर्को एउटा विषयले परराष्ट्र अधिकारीहरूको मथिंगल हल्लाएको देखियो । परराष्ट्रसचिब शंकरदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल लगायत परराष्ट्रका केही कर्मचारी त्यो छलफलमा सहभागी थिए । छलफलको विषय थियो– चिनियाँ राष्ट्रपतिलाई दिइने रात्रिभोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी चिनफिङ नेपाल आइपुगेकै दिन, २५ असोज साँझ काठमाडौंको सोल्टी होटलमा रात्रिभोज आयोजना गर्दैछिन् । त्यसको चाँजोपाँजो मिलाउने जिम्मेवारी भने परराष्ट्र मन्त्रालयकै हुनेछ । चिनियाँ पाहुनालाई रात्रिभोजमा के खुवाउने भन्ने विषयमा परराष्ट्रका अधिकारी अन्योलमा थिए ।
त्यही छलफलका क्रममा एक जनाले सोधे, “महामहिमको डिनरमा साँधेको भटमास राख्ने कि नराख्ने ?”
छलफलमा यो प्रश्न उठेपछि चीनका लागि नेपाली राजदूत पौड्यालले जोड दिएरै भनेका थिए, “डिनरमा साँधेको भटमास राख्नुपर्छ ।”
दशैंका बेला नेपाल आएका बेइजिङस्थित राजदूत पौड्याल चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका लागि मन्त्रालयमै थिए ।
चिनियाँ राष्ट्रपतिका लागि आयाेजित रात्रिभाेजमा सहभागी हुनेहरूलाई परराष्ट्र मन्त्रालयले पठाएकाे निमन्त्रणा।​​​​​​
परराष्ट्र मन्त्रालयका अधिकारीहरू चिनियाँ राष्ट्रपतिलाई दिइने रात्रिभोजको मेन्यू एकदमै गोप्य राखिएको बताउँछन् । “मेन्यूमा के राख्ने भन्नेबारे चिनियाँ अधिकारीहरूले निकै चासो देखाएका छन्, हामीले अझै टुङ्ग्याउन सकेका छैनौं”, मन्त्रालयका एक अधिकारीले भने ।
चिनियाँ राष्ट्रपति सी २५ असोज अपरान्ह करीब ५ बजे काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।
चिनियाँ राष्ट्रपति सबभन्दा पहिले राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि शीतलनिवास जानेछन् ।
चिनियाँ राष्ट्रपतिका लागि २५ असोज साँझ नै उनी बस्ने सोल्टी होटलमा राष्ट्रपति भण्डारीले रात्रिभोज आयोजना गर्नेछिन् ।
२६ असोजमा सोल्टी होटलमै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच द्धिपक्षीय वार्ता हुनेछ । त्यसक्रममा द्धिपक्षीय सम्झौतामा हस्ताक्षर हुने कार्यक्रमसमेत तय भएको छ ।
राष्ट्रपति सीले सोल्टी होटलमै अन्य राजनीतिक भेटघाट समेत गर्नेछन् । राष्ट्रपति सी २६ असोज दिउँसो बेइजिङ प्रस्थान गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्