काठमाडौं। आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा विद्यालय समय परिवर्तन गर्ने तयारी गरिएको छ।

उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि भन्दै सरकारले विद्यालय समय परिवर्तन गर्ने तयारी गरेको हो।

शिक्षा मन्त्रालयका शाखा अधिकृत नगेन्द्र दाहालले विद्यालय समय परिवर्तनबारे छलफल थालिएकाे बताए। उनका अनुसार विद्यालय समय बिहान ८ बजेदेखि २ बजेसम्म, ९ बजेदेखि ३ बजेसम्म वा ११ बजेदेखि ५ बजेसम्म गर्ने विकल्पमा छलफल भएकाे छ। अहिले विद्यालय समय १० बजेदेखि ४ बजेसम्म छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ शैक्षिक सत्रदेखि विद्यालय सञ्चालनकाे समय परिवर्तन गर्ने छलफलकाे पहल लिएकाे थियाे।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक व्यवस्थापन महाशाखा प्रमुख कृष्ण काफ्लेले नयाँ शैक्षिक सत्रदेखि काठमाडौं उपत्यकामा नयाँ समय लागू गर्ने तयारी गरेकाे देखापढीलाई बताए। उपत्यकामा बढ्दो सवारी चापको व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार विद्यालय समय हेरफेर गर्न लागिएकाे उनको भनाइ छ।

नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी विद्यालय समय निर्धारण गर्न काफ्लेकाे संयाेजकत्वमा समिति पनि गठन गरिएकाे छ। उक्त समितिकाे सुझावका आधारमा विद्यालय सञ्चलानकाे समयबारे निर्णय गरिनेछ।

“तत्काल काठमाडौं उपत्यकामा मात्र लागू गर्ने याेजना छ। यो नियम ट्राफिक चाप बढेपछि अन्यत्रपनि लागू गरिन्छ”, काफ्लेले भने।

कार्यालय समय र विद्यालयको समय एउटै हुँदा काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने र सवारी व्यवस्थापन गर्न समस्या पर्ने हुँदा यस्तो व्यवस्था गर्न लागिएकाे उनको भनाइ छ।

यो नियम विशेषगरी निजी विद्यालयलाई लक्षित गरेर बनाउन लागिएको हो। निजी विद्यालयले गाडीबाट विद्यार्थी ओसारपसार गर्दा सवारी जाम हुने गरेको छ। नयाँ समय लागू गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरेको महाखाशा प्रमुख काफ्लेले बताए।

“प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको थियो। सोही निर्देशन अनुसार सरोकारवाला निकायसँग छलफल गरेका हाैं”, उनले भने।

" /> काठमाडौं। आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा विद्यालय समय परिवर्तन गर्ने तयारी गरिएको छ।

"> उपत्यकामा विद्यालय समय परिवर्तन गर्ने तयारी: Dekhapadhi
उपत्यकामा विद्यालय समय परिवर्तन गर्ने तयारी

प्रतिक्रिया दिनुहोस्