काठमाडाैं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको छ।
ब्यूरोको टोलीले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का ३७ वर्षीया साङ्डोमा शेर्पालाई आज स्वयम्भूबाट पक्राउ गरी आज कारागार चलान गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार २०७१ साउनमा सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले ६८ लाख ६२ हजार ४१३ रूपैयाँ जरिवाना सुनाएपछि शेर्पा फरार थिए।
पक्राउ परेका शेर्पालाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा उक्त अदालतको आदेशानुसार कारागार सजायका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको ब्यूरोले जनाएको छ। रासस
" /> काठमाडाैं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको छ।ब्यूरोको टोलीले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का ३७ वर्षीया साङ्डोमा शेर्पालाई आज स्वयम्भूबाट पक्राउ गरी आज कारागार चलान गरेको हो।

">