सुर्खेत। सडक छेउमा रहेका अनावश्यक बिजुलीका तारले कुरुप देखिएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले ताररहित नगरपालिका बनाउने भएको छ। आगामी असार महीनासम्म ताररहित बनाएर सुन्दर नगरीको रूपमा विकास गर्ने नगरपालिकाले जनाएको छ।
दुर्घटनाको जोखिमसँगै शहरलाई कुरुप बनाउने विद्युतका खम्बा हटाएर तारलाई जमिनमुनि बिछ्याउने योजना बनाइएको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्रनगर-६ भित्रका खम्बा हटाउने तथा तार जमिनमुनि बिछ्याउने योजना बनाइएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन्।
बिजुलीको खम्बा र तारले गर्दा बजार क्षेत्रको सडक साँघुरो हुने भएकाले दुर्घटनाको जोखिम बढेकाले यसलाई व्यवस्थित गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख ढकालकाे भनाइ छ। “चालू आर्थिक वर्षको अन्तिम अर्थात् असारसम्म मुख्य बजार क्षेत्रको खम्बा र तार हटाएर ताररहित क्षेत्र बनाइने छ”, उनले भनिन्, “बजार क्षेत्रका सडक बिजुलीका खम्बा र तारले साँघुरो बनाएका छन्, यसले दुर्घटनाको जोखिम बढ्दो छ।”
वीरेन्द्रनगरको चालू आर्थिक वर्षको नगर सभाले यो योजनालाई नगरको महत्त्वको योजनाका रूपमा राखेको छ। शुरूमा मुख्य बजार क्षेत्रबाट यो योजना कार्यान्वयनका लागि अगाडि बढेको उपप्रमुख ढकालले बताइन्। “मानिसको आवतजावत बजार क्षेत्रमा धेरै हुने भएकाले सडकको अवस्था साँघुरो छ, दुर्घटना पनि पछिल्लो समय धेरै हुने गरेका छन्”, उनले भनिन्, “दुर्घटना कम गर्नका लागि बजार क्षेत्रको सडकलाई विस्तार गर्न यो बाहेक अरू विकल्प पनि छैन।”
राष्ट्रिय योजना आयोगमार्फत् नगपालिकाले यो योजनाको माग गरेपछि यसलाई आयोगले स्वीकृति दिएको थियो। नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीका अनुसार संघीय सरकारले दिएको समपूरक अनुदानको ४० प्रतिशत बजेट यो योजनामा खर्च गरिनेछ भने बाँकी ६० प्रतिशत नगरपालिका आफैँले बेहोर्नेछ।
योजना कार्यान्वयनका लागि चार करोड रूपैयाँ लाग्ने उपप्रमुख ढकालले जानकारी दिइन्। यसको ठेक्का तत्कालै नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा आह्वान गरिनेछ। मुख्य बजार क्षेत्रको व्यवस्थापनपछि क्रमशः अरू क्षेत्रमा पनि योजना अगाडि बढाइनेछ।
" /> सुर्खेत। सडक छेउमा रहेका अनावश्यक बिजुलीका तारले कुरुप देखिएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले ताररहित नगरपालिका बनाउने भएको छ। आगामी असार महीनासम्म ताररहित बनाएर सुन्दर नगरीको रूपमा विकास गर्ने नगरपालिकाले जनाएको छ।दुर्घटनाको जोखिमसँगै शहरलाई कुरुप बनाउने विद्युतका खम्बा हटाएर तारलाई जमिनमुनि बिछ्याउने योजना बनाइएको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्रनगर-६ भित्रका खम्बा हटाउने तथा तार जमिनमुनि बिछ्याउने योजना बनाइएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन्।

">