कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकास्थित कलुवापुरमा भएको दम्पत्ति हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति (छोरा)लाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी १५ फागुनमा जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ वर्षीय भरत भण्डारीलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार अंशबण्डा विवादमा भरतले बुबा र कान्छी आमाको हत्या गरेका हुन्। भरतकी आमाको मृत्यु भएपछि उनका बुबाले धनासँग विवाह गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले भरतले नै आसी (हँसिया) प्रहार गरी बुबा र कान्छी आमाको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए। भरतलाई प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका-२ जुगेनाबाट हिजो पक्राउ गरेर कञ्चनपुर् ल्याएको थियो।
१४ फागुनमा मोटरसाइकलको लाइसेन्सको परीक्षा दिन डडेल्धुराबाट महेन्द्रनगर आएका भरतले सोही दिन कलुवापुर गई बुबा र कान्छी आमाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कलुवापुर घर पुगेपछि बुबासँग विवाद गरेका उनले पहिले कान्छी आमालाई हँसिया प्रहार गरी हत्या गरेको र पछि बुबाको पनि हत्या गरेका हुन्।
हत्यामा प्रयोग भएको हँसिया डडेल्धुरा फर्कने क्रममा भीमदत्त राजमार्गको भासुभिरमा फालेको बयानका क्रममा बताएको पनि प्रहरीले जानकारी दिएको छ ।