अमेरिकी दूतावासले रद्द गर्‍यो डिभि र गैरआवासीय भिसा <p>काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले अनिश्चितकालका लागि गैरआवासीय भिसा अपोइन्टमेन्ट भिसा र डाइभिर्सिटी भिसा बन्द गरेको छ।</p> <p>अमेरिकी दुतावासले आज एक सूचना सार्वजनिक गर्दै ४ चैतबाट लागू हुने गरी अनिश्चितकालका लागि भिसा बन्द गरिएको जानकारी दिएको हो।</p> <p>साथै, दूतावासले कुनै आपतकालिन अवस्था भएमा तत्काल दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। नेपालको दुतावासले भिसा रद्धगर्नु अघि नै अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।</p> <p>भिसाको लागि यसअघि तिरिएको एमआरभी शूल्य भने मान्य हुने बताएको छ। उक्त शुल्क जुन देशबाट भिषा खरिदका लागि तिरेको त्यसैमा प्रयोग गर्न सकिने अमेरिकी दूतावासले बताएको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्