ट्याक्टर र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

कैलाली। गएराति कंचनपुरको भीमदत्त नगरपालिका-१० भुजेलामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।

दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।

भुजेला पुल नजिक म. १ त १११० नम्बरको ट्याक्टर र म. २ प १११२ नम्बरको मोटरसाइकल ठोक्किदाँ सशस्त्र प्रहरी हवल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कंचनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका खगेन्द्रको उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनीसँगै सवार भुजेलाकै हरी जोशी घाइते भएको र उनको भारतको खटिमामा उपचार भइरहेको भट्टले जानकारी दिए।

प्रहरीका अनुसार ट्याक्टर चालक फरार भएको र उनको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्