डोटीमा भालुको आक्रमणबाट वृद्धा गम्भीर घाइते
<p>डोटी। भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका-९ कलेनास्थित खेतकाट्टेकी ७५ वर्षीया धनीदेवी साउँद गम्भीर घाइते भएकी छिन्।</p>
<p>२ फागुनमा घर नजिकैको खेतमा काम गरिरहेको बेला उनलाई भालुले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।</p>
<p>साउँदको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ।</p>
<p>डोटी जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलाली रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
