इटहरीको हक्राहा खोलामा पुल निर्माण शुरू <p>इटहरी। इटहरी उपमहानगरपालिका-१६ स्थित हक्राहा खोलामा पुल निर्माण शुरू गरिएको छ।</p> <p>संघीय सांसद सिताराम मेहता र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले २ चैतका एक कार्यक्रमका बीच पुलको शिलान्यास गरेका छन्।</p> <p>सांसद विकास कोषको ५० लाख र उपमहानगरपालिकाको बाँकी रकम गरी कूल ८३ लाख ७२ हजार रूपैयाँ पुल निर्माणमा खर्च हुने इन्जिनियर अरुण राजलवटले जानकारी दिए।</p> <p>सो मोटरेवल पुलबाट वडा नं १६, १७ र १८ का स्थानीयवासी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्