कास्कीकाे लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलकाे भूकम्प <p>पाेखरा। कास्कीको लुम्ले केन्द्रबिन्दु भएर आज साँझ भूकम्प गएको छ।</p> <p>राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो।</p> <p>केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिए। उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताए।</p> <p>भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो। गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ पराकम्प गइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्