काठमाडौं। गायक प्रकाश सपुतको सानैदेखिको सपना थियो- हिरो बन्ने। उनको हिरो बन्ने सपना बुन्ने बेला चलचित्र क्षेत्रमा हिरो थिए– दीलिप रायमाझी। दीलिपका चलचित्र हेर्दै आफू पनि ठूलो भएपछि हिरो बन्ने सपना सजाउँदै बाल्यकाल बिताए, प्रकाशले।
ठूलो भएपछि आफ्नो सपना पूरा गर्न बागलुङको काठेखोलाबाट काठमाडौं हानिए। कठमाडौं आएपछि बालापनको सपना एकातिर कामको लागि अर्कोतिर दौडिन थाले। र, विभिन्न दोहोरी साँझहरूमा गीत गाउँन थाले। तर, उनले हिरो बन्ने समेत भने तुहाएनन्।
उनले दोहोरीकै क्षेत्रमा फरक शैलीको प्रस्तुति दिए। ‘दोहोरी ब्याटल’ नाम दिएर बनाइएको गीतले उनको एकाएक चर्चा हुन थाल्यो। त्यसपछि उनले परदेशीको पीडामा आधारित रहेर ‘बोल माया’ गीत ल्याए। जुन निकै रुचाइयो। त्यो गीतमा उनले आफ्नो बाल्यकालको हिरो बन्ने सपना उजागर गरेका थिए।
त्यसमा उनले दीलिप रायमाझी जस्तै हिरो बन्ने दृश्य देखाएका थिए। प्रकाशको सपना अब सपना मात्र रहेन, पूरा भएको छ। र, चलचित्र ‘परदेशी–२’ मा अभिनेताका रूपमा रहेका प्रकाशले अन्ततः सपनाको हिरो दीलिपसँगै स्क्रिन सेयर गर्ने मौका पाएका छन्।
उनले आज त्यो सपना विपनामा परिणत भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म वास्तवमै नायक दीलिप रायमाझिको ठूलो फ्यान र उनैताका उहाँ जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउँले ठिटो। आज त्यो सपना विपना भएको छ। र, म उनै मेरा प्रिय (आइडल) हिरोसँग स्क्रिन सेयर पनि गर्दैछु।’

‘परदेशी–२’ मा दीलिपको विशेष भूमिका हुनेछ। नारायण रायमाझीको निर्देशनमा बन्न लागेको ‘परदेशी–२’ मा प्रकाश सपुतसँगै नायिकाद्वय केकी अधिकारी र वर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ। लेखन रमेश बीजीको लेखन रहेको परदेशी–२ को यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको छ।
देखापढीसँगको कुराकानीमा प्रकाशले भने, “मेरो सानैदेखि हिरो बन्ने सपना थियो। त्यसमा पनि दीलिप रायमाझी त मेरा लागि आइडल नै हुनुहुन्थ्यो। आज उहाँसँगै स्क्रिन सेयर गर्न पाउँदा निकै खुशी लागेको छ। साच्चै भन्ने हो भने आज दिनभर म सुटिङका क्रममा पनि रियल मै त भैराछ नी ? कि कतै गहिरो निद्रामा छु कि भनेजस्तो भइरहेको थियो।”