भालुकाे आक्रमणबाट डाेटीमा वृद्धा घाइते <p>डाेटी। डोटीमा भालुको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन्।</p> <p>दिपायल सिलगढी नगरपालिका-९, कलेनाकी ७५ वर्षीया धनीदेवी साउँदलाई भालुले आक्रमण गरी घाइते बनाएको हो।&nbsp;</p> <p>साउदलाई आज मध्यान्ह १२ बजेको समयमा घरको आँगनमै बसिरहेका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।</p> <p>जिल्ला अस्पताल डोटीमा सामान्य उपचारपछि थप उपचारका लागि साउँदलाई धनगढी रेफर गरिएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।</p>
प्रतिक्रिया दिनुहोस्