काठमाडाैं। विश्वव्यापीरूपमा कोभिड-१९ को महामारी फैलिरहेको छ। नेपालमा यसकाे संक्रमण नदेखिए पनि त्रास भने व्याप्त छ।
छिमेकी देश भारतले यसको सामना गरिरहेको छ। यसैक्रममा भारतमा कोरोना भाइरससँग मिल्दोजुल्दो नाम राखेर चलचित्र निर्माण हुने भएको छ।
कम्तीमा १०० जनामा काेराेना भाइरसकाे संक्रमण देखिइसकेका बेला ‘कोरोना प्यार है’ नामक चलचित्र बन्ने भएको हो।
टाइम्स अफ इण्डियाका अनुसार विभिन्न चर्चित चलचित्र निर्माण गरिसकेको ‘इरोज इन्टरनेसनल’ प्रोडक्सन कम्पनीले साे चलचित्र निर्माण गर्न लागेको हो।
त्यसका लागि चलचित्र दर्ता भइसकेकाे छ। इरोज इन्टरनेसनले यसअघि बाजीराव मस्तानी, तनु वेड्स मनु रिटर्न्स, बदलापुरलगायतका चलचित्र निर्माण गरिसकेको छ।
निर्माता कृषिका लुल्लाले अहिले स्क्रिप्ट लेखनको काम भइरहेको बताइन्। केही दिनभित्रमा सबै काम सकेर छायांकनमा जाने उनको भनाइ छ।
‘कोरोना प्यार है’ मा कथा कस्तो हुन्छ ? त्यसमा को-को कलाकार हुन्छन् ? भन्ने विषय भने सार्वजनिक गरिएको छैन। यो चलचित्रको मुख्य कथा भने ‘लभ स्टोरी’ हुनेछ।
नयाँ दिल्ली सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न आफ्नो क्षेत्रका शैक्षिक संस्था, सपिङ मल तथा सिनेमा हलसमेत बन्द गराएको छ। जसकारण प्रदर्शनमा आइरहेका चलचित्रसमेत रोकिएका छन्। नयाँ चलचित्रको पनि प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित भएका छन्। त्यस्तै निर्माणाधीन चलचित्रका छायांकनहरू समेत स्थगित गरिएको छ।
" /> काठमाडाैं। विश्वव्यापीरूपमा कोभिड-१९ को महामारी फैलिरहेको छ। नेपालमा यसकाे संक्रमण नदेखिए पनि त्रास भने व्याप्त छ।छिमेकी देश भारतले यसको सामना गरिरहेको छ। यसैक्रममा भारतमा कोरोना भाइरससँग मिल्दोजुल्दो नाम राखेर चलचित्र निर्माण हुने भएको छ।

">