बलात्कार प्रयासका आरोपी रावलमाथि अनुसन्धान गर्न प्रहरीलाई थप पाँच दिन
<p>कैलाली। बलात्कार प्रयासकाे आरोप लागेका प्रदेश सभा सदस्य तथा नेकपा सुदूरपश्चिमका सचेतक अक्कलबहादुर रावललाई थप पाँच दिन हिरासतमा राख्‍न प्रहरीले अनुमति पाएको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्‍नेतले कैलाली जिल्ला अदालतले रावलमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेकाे बताए।</p>
<p>रावलविरुद्ध धनगढीकी एक विवाहित महिलाले बलात्कार प्रयासकाे उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि प्रहरीले अदालतबाट १५ फागुनमा पक्राउकाे अनुमति पाएकाे थियाे।</p>
<p>२१ फागुनमा रावल आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
