काठमाडौं। शारीरिक र मानसिक दुर्व्यवहार भोग्नुपरेको भन्दै पूर्वमिस नेपाल उषा खड्गी वैवाहिक जीवनबाट अलग हुने निर्णयमा पुगेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले श्रीमान जीपी तिमल्सेनासँगको १७ वर्षे लामो वैवाहिक सम्बन्धबाट अलग हुने निर्णयमा पुगेकी हुन्।
अन्तरवार्ताको दुई भिडिओ क्लिपसहितको फेसबुक पोस्ट गर्दै उनले लेखेकी थिइन्, ‘विवाह गरेको १७ वर्षपछि पनि मैले शारीरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन।’
उक्त पोष्ट अहिले भने फेसबुकबाट हटाइसकेकी छन्। पोष्टबाटै उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिएकी थिइन्। ‘तपाईंहरूको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ। यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु’ फेसबुक पोष्टमा लेखेकी छन्।
१ चैतमा गरिएको पोस्टमा उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने बताएकी छन्। सन् २००० मा मिस नेपालको ताज जितेकी उषाले जीपी तिमल्सेनासँग प्रेम विवाह गरेकी थिइन्।

यसअघि पनि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताउँदै आएमा थिए। उनीहरूका १६ वर्षकी छोरी र ६ वर्षका छोरा छन्।
श्रीमानबाट ‘शारीरिक र मानसिक यातना भोगिरहेको’ बताउँदै आफू यस्तो निर्णय गर्ने अवस्थामा पुगेको उषाको भनाइ छ।
यस विषयमा जीपीले तत्काल केही नबोल्ने बताए। देखापढीसँगको टेलिफोन सम्पर्कमा डिभोर्सको कुरामा सत्यता रहेको बताए पनि आफूमाथि लागेको आरोपबारे तत्काल केही नबोल्ने प्रक्रिया दिएका हुन्।
“मैले पनि मिडियाहरूमा आएका समाचार हेरिरहेको छु। सम्बन्ध विच्छेदको कुरा सही हो। त्यसका लागि कागजी प्रक्रिया शुरू भएको छ”, उनले भने, “हिंसा गरेको, दुर्व्यवहार गरेको विषयमा म अहिले केही पनि भन्दिनँ। उहाँलाई नै सोध्नुहोस् न।”
" /> काठमाडौं। शारीरिक र मानसिक दुर्व्यवहार भोग्नुपरेको भन्दै पूर्वमिस नेपाल उषा खड्गी वैवाहिक जीवनबाट अलग हुने निर्णयमा पुगेकी छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले श्रीमान जीपी तिमल्सेनासँगको १७ वर्षे लामो वैवाहिक सम्बन्धबाट अलग हुने निर्णयमा पुगेकी हुन्।

">