कैलाली र कञ्चनपुरमा ४ चैतमा सार्वजनिक बिदा
<p>कैलाली। कैलाली र कञ्चनपुरमा ४ चैतमा सार्वजनिक बिदा दिइएको छ।</p>
<p>उक्त दिन राना थारु समुदायको ‘खखडेहरा’ पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।</p>
<p>सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सूचना जारी गर्दै कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने जनाएकाे हाे।</p>
प्रतिक्रिया दिनुहोस्
