जापानका प्रधानमन्त्रीले भने- 'टोकियो ओलम्पिक तोकिएकै समयमा हुन्छ'

काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभरका खेल गतिविधि प्रभावित बनिरहेको बेला जापानका प्रधानमन्त्री शिन्जो अबेले टोकियो ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन्।

तर, प्रधानमन्त्री अबेले टोकियो ओलम्पिक-२०२० समयमै हुने नहुने बारे अन्तिम निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले गर्ने बताए।

‘‘हामीले संक्रमणको जोखिम पार गरेका छौं र कुनै समस्याविना ओलम्पिक समयमै गर्न सक्छौं,’’ उनले भने।

जापानमा १४ सयभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको थियो भने २८ जनाको मृत्यु भएको छ।

टोकियो ओलम्पिकका लागि १३ खर्ब ५० अर्ब जापानी यान खर्च हुने अनुमान गरिएको छ।

ओलम्पिक टर्च लाइट रिले २६ मार्चमा फुकुशिमाबाट शुरू हुनेछ।

टोकियोका गभर्नर युरिको कोइकेले जापानमा टर्च रिले गर्न आवश्यक सम्पूर्ण सावधानी अपनाएको बताएका छन्।

रेशलिङ, रोविङ, ड्राइभिङलगायत ओलम्पिकमा ट्रायल गरिने केही खेलहरू अमेरिकामा स्थगित भएका छन्।

लन्डनमा भने बक्सिङको इभेन्टहरू १ चैतमा तालिकाअनुसार नै भएको छ।

प्रतिक्रिया दिनुहोस्