चट्याङ लागेर म्याग्दीमा दुईजनाको मृत्यु <p>म्याग्दी। अन्&zwj;नपूर्ण गाउँपालिका-६ खिवाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।</p> <p>चट्याङ लागेर मृत्यु हुनेमा २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजा रहेको प्रहरीले बताएको छ।</p> <p>गएराति परेको चट्याङबाट घाइते भएका दुवैजनाको उपचारको क्रममा आज बिहान अस्पतालमा मृत्यु भएको हो।</p> <p>मृतक पुन र गर्बुजा छिमेकी हुन् । <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्