आफ्नो जग्गा भारतमा परेपछि कंचनपुरमा सीमा स्तम्भ तोडियो

कैलाली। कंचनपुरको दक्षिण भेगमा संयुक्त सीमा टोलीले नेपाली भूमिमा गाडेको सीमा स्तम्भ स्थानीयवासीले तोडेका छन्।

नेपाल-भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका-३ वैवाह क्षेत्रमा भर्खरै राखेको ७८३/४ नम्बर पिल्लर स्थानीयवासीहरूले हतौडा र ढुंगा प्रहार गरी भत्काइदिएका हुन्।

नयाँ सर्भेको क्रममा नेपाली लालपुर्जा रहेको जमिनमा सीमा स्तम्भ गाडेर भारततर्फ पारिएको भन्दै स्थानीयले विरोध गरेपछि सर्भेको काम रोकिएको थियो।

५० वर्षभन्दा बढी समयदेखि बस्दै आएको उक्त वस्तीका वासिन्दाको जमिन भारतमा परेसँगै त्यस क्षेत्रमा सीमा विवाद बढेको छ।

नेपाली कांग्रेस कंचपुरका सभापति हरीप्रसाद बोहराले आफूहरूको अनुगमनको क्रममा सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा परेको बताए।

तर आफूहरु उक्त विवादित क्षेत्रमा पुग्नुअघि नै स्थानीयवासीले पिल्लर तोडफोड गरेको उनले जानकारी दिए।

सीमा स्तम्भ भत्काइएसँगे त्यस क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ।