काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि साउदी अरबले दुई हप्ताका लागि सम्पूर्ण हवाई सेवा स्थगित गरेको छ।
१५ मार्चबाट लागू हुने गरी साउदी अरब सरकारले सबै हवाई उडान बन्द गरेको हो।
साउदी अरबको यो निर्णयसँगै घर बिदामा जान चाहने नेपाली र घर बिदामा रहेका नेपालीहरू साउदी फर्कन नपाउने भएका छन्।
साउदी अरबले साउदी फर्कन नसक्ने कामदारका लागि दुई हप्तासम्म बिदा दिने पनि निर्णय गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
यस्तै दूतावासले प्रदान गर्दै आएका पुनःश्रम स्वीकृति सिफारिस, नेपाली राजदूतावास रियाद र राजदूतावासका दम्माम स्थित जन सम्पर्क अधिकारीबाट हुदै आएका बहिर्गमनसम्बन्धी आवेदन संकलनका कार्यलगायतका सेवाहरू स्थगित गरेको छ।
" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि साउदी अरबले दुई हप्ताका लागि सम्पूर्ण हवाई सेवा स्थगित गरेको छ।१५ मार्चबाट लागू हुने गरी साउदी अरब सरकारले सबै हवाई उडान बन्द गरेको हो।

">