काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले विभागीय टीम नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै आहा रारा गोल्डकप १८औं संस्करणको उपाधि जितेको छ।
पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट आएको हो।
टाइब्रेकरमा मनाङ सफल भयो। टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे। मनाङका निशान लिम्बुको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए।
पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गरे। पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाए।
उपाधिसँगै मनाङले १० लाख १ हजार रुपैयाँ पुरस्कार जित्यो भने उपविजेता पुलिसले ५ लाख १ हजार रुपैयाँ पुरस्कार जित्यो।
आहा रारा गोल्डकपमा मनाङ र पुलिसबीच उपाधिका लागि भिडन्त भएको यो चौथो पटक हो। यसअघि २०५८, २०६०, २०६१ मा पनि मनाङ र पुलिस क्लबबीच उपाधि भिडन्त भएको थियो। २०५८ सालमा नेपाल पुलिस क्लबले जितेको थियो भने अन्य संकरणमा मनाङ विजयी भएको थियो।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
" /> काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले विभागीय टीम नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै आहा रारा गोल्डकप १८औं संस्करणको उपाधि जितेको छ।पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट आएको हो।

">